२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकार अघि बढेको छः मन्त्री खड्का



अ+ अ-

काठमाडौं: उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत आपूर्तिको माग दिन प्रतिदिन बढिरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले विद्युतकामार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पु¥याउन नसकेको नेपालमा सौर्य विद्युत उत्पादनमार्फत विद्युत आपूर्ति हुनु राम्रो कुरा भएको बताउनु भयो । उहाँले सरकारले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिंचाई गरेर योगदान दिनु सकारात्मक पक्ष रहेको पनि बताउनु भयो । विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको र अर्कोतिर चुनौति पनि बढिरहेको उल्लेख गर्नुभयो । विद्युतको मागअनुसार सम्बोधन र व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो । व्यवस्थापनका लागि आवश्यक गृहकार्य हुन नसकेको पनि बताउनु भयो । विद्युत उत्पादनलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको पनि बताउनु भयो । सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘नेपालमा सौर्य विद्युत उत्पादनमार्फत नेपाल सरकारले विद्युतकामार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पु¥याउन नसकेको अर्थात ग्रिड नपुगेको ठाउँमा विकट ठाउँहरुमा यस संघको महत्वपूर्ण भुमिका रहेको छ । नेपाल सरकारले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिंचाई गरेर योगदान पु¥याइरहनुभएको छ । म प्रशंसा गर्न चाहन्छु । विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ । अर्कोतिर चुनौतिहरु सँगसँगै थपिरहेको छ । वातावरणीय असरका कुराहरु छन् । त्यसको सम्बोधन र समाधान गर्दै अघि बढ्नुपर्नेछ । विद्युत आपूर्तिको मागहरु बढेको छ । त्यसको सम्बोधन, व्यवस्थापन गर्नुपर्नेछ । व्यवस्थापनका लागि आवश्यक गृहकार्य जुन ढंगबाट अघि बढाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । त्यसको तिब्रता दिन जरुरी छ । हाम्रो विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्ने गरी, मुलुकको आय आर्जनसँग जोड्ने गरी काम गरिरहेको छ । त्यसकारणले सरकारले निश्चित लक्ष्य लिएको छ । १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत पु¥याउने र त्यसलाई सबै घर पु¥याउने, त्यसबाट विक्री गर्ने, मुलुकलाई र नागरिकलाई आयआर्जनसँग जोड्ने उद्देश्यका साथ सकारले काम गरिरहेको छ ।’

मन्त्री खड्काले वातावरणीय असर र चुनौतिहरु कायम रहेको भन्दै त्यसलाई समाधान गर्न सबै मिल्नुको विकल्प नरहेको बताउनु भयो । विद्युतको खपत, उपयोग भरपर्दो र सुरक्षित गर्नुपर्ने चुनौति रहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल