१६ असार २०८३, मंगलवार
,
Latest
गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ११ जना कोरोनामुक्त



अ+ अ-

कपिलवस्तु । कपिलवस्तुमा नर्ससहित  ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् ।  कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ ।

गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई  अस्पतालको आइसोलेशनमा राखिएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो ।

नर्सको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमै पहिलो स्वास्थ्यकर्मी सङ्क्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा किशोर बञ्जाडेले बताउनुभयो । उहाँलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीनतीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो । कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना संक्रमण देखिएको छ ।