२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार संसदप्रति होइन, संसद सरकारप्रति उत्तरदायी भयोः राप्रपा सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद कार्कीले सरकार संसदप्रति जबाफदेही बन्नुपर्नेमा हाल ठिक विपरित अभ्यास भइरहेको  टिप्पणी गर्नुभएको हो ।

उहाँले सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? भन्दै प्रश्न उठाउनु भयो । उहाँले सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले आफूहरु भिजिट भिसाको विरोधी हामी नभएको उल्लेख गर्दै भिजिट भिसाको नाममा मान्छे मार्ने र बेच्ने कार्यको विरोध गरिरहेको पनि उल्लेख गर्नुभयो । उहाँले हजारौं नेपाली महिलाहरू वैदेशिक रोजगारीमा गएर यौनदुव्र्यवहारको शिकार भएको, पुरुषहरू बाकसमा फर्किेने गरेको उल्लेख गर्दै गृहमन्त्रीको मुटु काँप्दैन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? के हो यो ? भिजिट भिसाको विरोधी हामीहरु होइनौं । तर भिजिट भिसाको नाममा मान्छेहरुलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ । हामीले भिजिट भिसा हुनु हुदैन भनेर विरोध गरेका छैनौं । आज हजारौं दिदिबहिनिहरु वैदेशिक रोजगारमा गएर बालत्कृत भएका छन् । हाम्रा दाजुभाईहरु बाकसमा फर्किएका छन् । आज दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ? भ्रष्टाचार त गर्यौ गर्यौं, देश त लुट्यौ नेपालीहरुलाई न मार । भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा लगेर नबेच ।’

उहाँले भिजिट भिसाको दुरुपयोगको सम्बन्धमा आवश्यक छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।




भर्खरै