२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गर्यो



अ+ अ-

काठमाडौँ: डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।  जसले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्नेछ।

अब “माइ डिशहोम एप” मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्, जसले ग्राहकहरूलाई उत्कृष्ट अफरहरू उपलब्ध गराउँछन्:

सुरुवाती साझेदारहरू

क्र.सं. ब्रान्ड / आउटलेट स्थान

१ बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन निर्धारित आउटलेटहरूमा

२ सिद्धार्थ हस्पिटालिटी ग्रुप (होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफे)

महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा (चितवन), चुम्लिङटार (चितवन), बौद्ध (काठमाडौं), नेपालगञ्ज, बिर्तामोड, नारायणगढ, बुटवल, टिकापुर (कैलाली), सुन्धारा (काठमाडौं), नुवाकोट, दमौली, टिंकुने, ललितपुर, पुरानो बानेश्वर, धोम्बोजी (नेपालगञ्ज), मनमोहन (काठमाडौं), महाराजगञ्ज

३ होटल ले हिमालय काठमाडौं

४ लेक साइड रिट्रिट पोखरा

५ इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स हरकपुर, मौलाकाली, बाग्लुङ

६ मेलुङ ठकाली सबै आउटलेट

७ साकी एण्ड फेङ रेस्टुरेन्ट काठमाडौं

८ लुम्बिनी केबलकार बुटवल

९ मौलाकाली केबलकार गैडाकोट, चितवन

१० अचार घर कमलपोखरि, कुपन्डोल

“भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ,” डिशहोमका सीईओ  तारा मानन्धरले बताउनुभयो।

डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ।

सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एप  (प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी) बाट प्रयोग गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन्।