२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ संसद भवनको काम समयमै सक्न दुई चरणमा काम गर्नुपर्छः हितराज पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निर्माणाधीन नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न दुई चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले असार १७ देखि साउन १५ सम्मको प्रगति ३.३० प्रतिशत मात्रै रहेकाले त्यो कति सन्तोषजनक हो ? भन्ने उहाँको प्रश्न छ । उहाँले पहिलादेखि नै काम सम्पन्न गर्ने भनेपनि समयमा काम नसकिरहेको बताउनु भयो । समय मात्रै थप गर्ने कुराले अझै पनि समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘असार १७ देखि साउन १५ सम्मको प्रगति ३.३० प्रतिशत प्रगति भएको छ भन्नुभएको छ । कति हुनुपर्ने हो । हामीले पहिलादेखि नै भनिरहेका छौँ । यो समयमा काम हुन सकेको छैन । कागजमा मात्रै भयो । काम समयमा हुन नसकेपछि अब दुई चरणमा गर्ने, तीन चरण गर्ने भन्ने सरकारले सोचिरहेको छ होला भन्दा पनि संशोधित भन्नेकुराले हुन्छ की हुँदैन भन्ने आशंका भयो । जति कुरा गरेपनि छिटो काम भएन ।’

प्रमुख सचेतक पाण्डेले के गर्दा सरकारलाई सहयोग हुन्छ त्यो काम गर्न संसदीय समिति सचेत रहेको बताउनु भयो ।