१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

रुकुमपश्चिम। त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज दिउँसो त्रिवेणी गाउँपालिका–३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लुप्र०१—००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका–५ का २८ वर्षीय बुद्धिमान खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो । रासस