१६ असार २०८३, मंगलवार
,
Latest
लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा मीनीट्रक दुर्घटना, चार जना घाईते



अ+ अ-

डोटी । डोटीमा मीनीट्रक दुर्घटना हुँदा चार जना घाईते भएका छन् । निर्माणाधिन मौरासेन सेती हाईड्रो पावरका कामदार ल्याएर आउदै गरेका बा २ क २७३९ नम्बरको मीनीट्रक जिल्लाको बोगटान गाउँपालिकामा दुर्घटना भएको हो ।

मीनीट्रक दुर्घटनामा घाईते हुनेहरुमा बाँकेको गुरुवा गाउँपालिका ५ बयलपुरका चालक ३० वर्षीय रमाल वाया, बाँकेको राजापुर २ का ५० वर्षीय शान्त मल्ल, रामेछाप लिखु गाउँपालिका ६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ र भारतको हससोलका ५५ वर्षीय किशोर सिंह रहेका छन् ।

उनीहरु मल्लको दाहिने खुट्टा भाचिएको र छातीमा गम्भीर चोट लागेको छ भने सिंहको बाया खुट्टा, टाउको र छातीमा चोट लागेकाले उनको अवस्था पनि गम्भीर रहेको छ ।

घाइते चारै जनालाई जिल्ला प्रशासनको पहलमा माउण्टेन एभरेष्टको प्राईभेट हेलीकोप्टर मार्फत थप उपचारका लागि सुर्खेत लगिको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।