१६ असार २०८३, मंगलवार
,
Latest
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

मेलम्ची । प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन् । लकडाउनको बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरीमाथि नै हातपात गरेका थिए । प्रहरी सहायक निरीक्षक दीप तामाङमाथि हातपात गरेपछि पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइएको र थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

ढुङ्गा लागेर घाइते भएका प्रसनि तामाङको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।