२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने



default
अ+ अ-

म्याग्दी। पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ ।

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार यही साउन २७ गते मङ्गलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिने भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अर्को सूचना जारी नहुँदासम्मका लागि रातको समयमा सडकमा सवारी आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बर्सातको समयमा पहिरोको जोखिम भएकाले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरीचौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ ।

बेनी–जोमसोम सडक स्तरोन्नति अन्तिम चरणमा छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने र यातायात सञ्चालन गर्दै आएको छ । रासस