३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही भरत ताल प्रकरणः निलम्बित मेयर थापा र अन्यलाई ८ वर्ष कैद



अ+ अ-

काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा, विमलकुमार पोखरेल र सागर पौडेलले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तीनै जनालाई ८ वर्ष कैद र जनही १० करोड रुपैयाँ जरिवाना तोकेको छ।

विशेष अदालतले २१ साउनमा नै प्रतिवादीहरूलाई नदीजन्य पदार्थमा हानी पुर्याएको ठहर गरेको थियो। बिहीबारको फैसलामा अदालतले ती भ्रष्टाचारकारी कार्यका लागि ठूलो आर्थिक जरिवाना र कैद सजायसहित दोषी ठहर गरेको हो।

साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) अनुसार तीनै प्रतिवादीले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति पीडित राहत कोषमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

विशेषज्ञहरूका अनुसार यो फैसलाले सरकारी परियोजनामा भ्रष्टाचार विरुद्ध कडा संदेश जाने संकेत गर्दछ।




भर्खरै