२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद केसीको टिप्पणीः असुरक्षित हवाई सेवा लिन नेपाल आउनु



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सांसद राजन केसीले असुरक्षित हवाई सेवा लिन नेपाल आउनुपर्ने भन्दै टिप्पणी गर्नुभएको छ ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले संसारमा हवाई सेवा यातायात सेवामा सबैभन्दा बढी सुरक्षित हुने भएपनि नेपालमा भने असुरक्षित रहेको बताउनु भयो । उहाँले यसका कारणहरु पत्ता लगाइ समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले अधिकार खोज्ने तर कर्तव्य पूरा नगर्ने परिपाटी नेपालमा रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले

उहाँले भन्नुभयो, ‘संसारमा हवाई सेवा सबैभन्दा बढी सुरक्षित यातायात सेवाका रुपमा लिइन्छ । नेपालमा यसको ठ्याक्कै उल्टो भयो । असुरक्षित हवाई सेवा लिनुप¥यो भने नेपाल आउनु जस्तो भयो । यसको के के कारण हुनसक्छ ? त्यो पत्ता लगाउनुपर्छ । यो विधेयकले हवाई सुरक्षामा अत्यन्त राम्रो हुन्छ भन्ने विश्वास छ ।’

नागरिक उड्डयनसम्बन्धी विधेयकमा समितिले उपसमिति बनाएर हरेक बुँदामा छलफल गर्न जरुरी रहेको बताउनु भयो ।




भर्खरै