२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने सत्तारुढदलको तयारी



अ+ अ-

काठमाडौँ । सत्तारुढदलले उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छन् । यसका लागि एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ ।

यसै गरी यस्तै नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ ।

बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने बारेमा छलफल गरेका थिए ।

उपसभामुख विरुद्धको महाअभियोग प्रस्तावमा कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन् ।