२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख राना हटाउन एमाले-कांग्रेस सांसदहरुको हस्ताक्षर जारी



फाइल फोटो
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छन् ।

उपसभामुख रानालाई पदबाट हटाउन दुवै दलका सांसद्हरुको हस्ताक्षर संकलन गर्न सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् । अहिले एमाले सांसदहरुले हस्ताक्षर गरिरहेका छन् ।

कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र दलको कार्यालयमा उपस्थित हुने गरी बोलाएको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ ।

दुई बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदहरूलाई खबर गरिएको एमालेका एक सांसदले बताए ।

उपसभामुख रानाले आफूसहित पाँचजनालाई अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसमा उनले आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।