३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलको बैठकः उपसभामुखलाई हटाउने सरकारको प्रयास असफल पार्न केन्द्रित हुने



अ+ अ-

काठमाडौँ । विपक्षी दलले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तापक्षले गरेको तयारी असफल पार्न केन्द्रित हुने निष्कर्ष निकालेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

उपसभामुखलाई हटाउने प्रयोजनका लागि एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएपछि विपक्षी दलको बैठक बसेको थियो ।

साथै, बैठकले सरकारको यस्ता कदमहरूले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको र सङ्कटग्रस्त बनाउँदै लगेको निष्कर्ष पनि निकालेको छ ।

बैठकले सरकारमा रहेका पार्टीहरूले चालेको कदमको भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान पनि गर्ने भएको छ ।




भर्खरै