२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजको बिदामा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा हल भरिभराउ



अ+ अ-

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा आज हलमा दर्शकको चाप सुखद देखिएको छ । तीजको बिदा परेकाले हलमा दर्शकको चाप राम्रो देखिएको हो ।

निर्माणपक्षले आज देशभरका हलमा दर्शकको बाक्लो उपस्थिति रहेको जनाएको छ । बिहानैबाट हलमा दर्शकको बाक्लो चाप देखिएको निर्माणपक्षको दाबी छ ।

राजधानी काठमाडौंदेखि विराटनगर, पोखरा, बुटवल, चितवन, नेपालगञ्जलगायतका सहरका हलमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको निर्माणपक्षले जनाएको छ । परिवारसहित हलमा दर्शक आइरहेको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए ।

“परिवारसहित दर्शक हलमा बिहानैदेखि आइरहनु भएको छ । अपराह्नपछि दर्शकको संख्या थप बढ्न देखिएको छ,” उनले बताए ।

शुक्रबारबाट रिलिज भएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई हलमा दर्शकको उत्कृष्ट वर्ड अफ माउथ मिलेको छ ।

चलचित्रले रिलिज भएको पहिलो दिनदेखि नै उत्कृष्ट वर्ड अफ माउथ पाएको छ । सामाजिक सञ्जालमा दर्शकले लेखेका प्रतिक्रियाबाट फिल्मले भावनात्मक प्रभाव पारेको स्पष्ट देखिन्छ । पारिवारिक उतारचढाव देखाएको चलचित्रलाई दर्शकले आफ्नै जिन्दगीको कथासँग रिलेट गरिरहेका छन् ।

फिल्म हेरेपछि धेरैले यसलाई आफ्नै जीवनसँग जोडेको प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले सिनेमाले भावुक बनाएको बताएका छन् । कतिपय दर्शक त हलमै रोइरहेका भिडियोहरू आइरहेका छन् ।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको छ ।