२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री अर्याल



अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताउनुभएको छ ।

आज मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याण्डेड’सहित वर्तमान सरकार निर्माण भएको स्पष्ट पार्नुभयो । “सरकारले आफ्नो उद्देश्य पूरा गर्न सकेन भने प्रश्न उठ्छ”, उहाँले भन्नुभयो ।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरिसकिएको जानकारी दिँदै उहाँले आयोगले गर्ने सिफारिसका आधारमा सरकारले काम गर्ने स्पष्ट पार्नुभयो । “अनुसन्धान गर्ने निकायले केके सिफारिस गर्छ, त्यहीअनुसार हुन्छ”, उहाँले भन्नुभयो ।रासस




भर्खरै