२५ असार २०८३, बिहीबार
,
Latest
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ ।

डेङ्गी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट गरेको छ ।

महानगरपालिकाले मातहतका सबै वडा र समुदायस्तरमा सञ्चालित लामखुट्टे तथा लार्भा नष्ट गर्ने काममा सम्बद्ध स्वास्थ्यकर्मी र महिला स्वयमसेविकासहित स्थानीयसवासीको समेत सहभागिता रहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षहरूका सङ्क्रमणको विश्लेषणका आधारमा डेङ्गीको सङ्क्रमण दर घटबढ हुने गरेको अवस्थालाई दृष्टिगत गरी नगरवासीको मृत्युदर न्यूनीकरण तथा नियन्त्रणका पक्षमा अधिकतम प्रयास भइरहेको ।

कामनपामा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एकजना महिलामा यो सङ्क्रमण देखिएको थियो । सामान्यतया बर्खायाममा देखिने यो रोगको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको कामनपाले जनाएको छ ।

डेङ्गी सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । नेपालमा २०६१ सालदेखि डेङ्गीको समस्या देखिन थालेको हो । कामनपाभित्र सन् २०२२ मा दुई हजार नौ सय ७३ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । यस्तै सन् २०२३ मा ६४३ जनामा, २०२४ मा दुई हजार ८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २४८ जनामा डेङ्गी सङ्क्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

पानी जम्ने सडक तथा सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायतका स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले त्यसतर्फ सावधानी अपनाइ डेङ्गी सङ्क्रमणबाट जोगिन सबैसँग अनुरोध गरिएको छ ।

आम नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि काठमाडौँ महानगरपालिकाले ११८० नम्बरको टेलिफोन निःशुल्करुपमा सञ्चालनमा ल्याएको छ ।रासस