१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोक्सिकमा ‘एक घर एक धारा’ अभियान अन्तिम चरणमा



अ+ अ-

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा सञ्चालन गरिएको ‘एक घर एक धारा’ निर्माण काम अन्तिम चरणमा पुगेको छ । स्थानीयलाई स्वच्छ पानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको हो ।

वडाबाट निर्माण तथा मर्मत गरिएका योजनाहरुमार्फत धारा जडान भएपछि स्थानीयले घण्टौँ समय खर्चेर पानी जोहो गर्नुपर्ने समस्या अन्त्य भएको छ । वडाले करिब रु १५ लाख बजेट विनियोजन गरेर यहाँ पुराना मुहानको मर्मतसँगै नयाँहरु योजना सञ्चालन गरेपछि स्थानीय सहज रुपमा पानीको पहुँचमा जोडिएका छन् ।

खोक्सिक क्षेत्रमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भइरहेको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । धेरै वटा पुराना पानी ट्याङ्की मर्मत कार्यसमेत सम्पन्न भएकाले दशकौँदेखिको पानीको समस्या अन्त्य भएको उहाँको भनाइ छ । यहाँ निर्माण भएका खानेपानी योजनाहरु ३०/३२ वर्ष पुराना भएकाले विभिन्न समस्या देखिएपछि स्थानीयलाई सहज रुपमा पानी वितरणका लागि संरक्षणको काम गरिएको वडाध्यक्ष राईको भनाइ छ । “हामीले जीर्ण खानेपानी आयोजनाको पनि मर्मतसम्भार गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “विगतका योजना धेरै पुराना भएकाले पानी वितरण समस्या छ । स्थानीयलाई सहज रुपमा पानी खाने वातावरण बनाउने संरक्षणका काम गरेको हौँ ।”

खोक्सिक सुक्खाग्रस्त क्षेत्र भएकाले खानेपानी, विद्युत् र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाले जनाएको छ । साथै, पुराना पानी ट्याङ्कीको मर्मत तथा नयाँ खानेपानी मुहानको खोजीलाई निरन्तरता दिइएको पनि वडा कार्यालयले जनाएको छ ।