२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोगका निम्ति तयार रहन एमालेको आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

महासचिव पोखरेलले आज अपिल जारी गर्दै जनसुरक्षालाई प्राथमिकता दिई सरोकारभएका राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिनुभएको छ ।

साथै उहाँले जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनाका साथ विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

“यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ । बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहन आग्रह गर्दछु”, महासचिव पोखरेलले भन्नुभएको छ ।