२४ असार २०८३, बुधबार
,
Latest
सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणघाट–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको पहिरो पन्छाउन सुरु



अ+ अ-

काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सुरु भएको छ । लगातारको वर्षासँगै गएको पहिरो पन्छाउन थालिएको हो ।

यसैगरी पृथ्वी राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पनि पन्छाउन सुरु भएको छ । सबैभन्दा ठूलो पहिलो फिस्लिङमा गएको छ ।

नारायणघाट–मुग्लिन सडक खण्डको तुईन खोला र काली खोलामा पहिरो खसेको छ । पहिरोले कालीखोलाको एउटा पुल पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

फिस्लिङदेखि उत्तर खण्डमा समेत स–साना पहिरो तथा ढुङ्गा खसेर बाटो अवरोध छ । ती सबै ठाउँका पहिरो हटाएपछि आसपासका जिल्लाको अवस्था हेरेर हिजो साँझदेखि रोकिएका सवारी साधनहरुलाई गन्तव्यमा पठाइने भएको छ ।

प्रहरीका अनुसार धादिङ, तनहुँलगायतका छिमेकी जिल्लाका सडक खण्डहरुमा समेत पहिरो रढुंगा खसेर बाटो अवरोध भएको र त्यहाँ पनि पहिरो हटाउने कार्य भइरहेको छ । ती सबै ठाउँको पहिरो हटाएपछि सवारी साधनलाई छाडिने छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ ६ बजेदेखि नै चितवनबाट बाहिरिने र भित्रिने सबै प्रकारका सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसबीचमा रोकिएका सबै सवारी साधनहरुलाई आज अवस्था हेरेर गन्तव्यमा पठाइने छ । हिजो चितवनमै रोकिएका यात्रुहरुलाई चितवन प्रशासनले सहुलियत दरमा होटलहरुमा बस्ने व्यवस्था मिलाएको थियो ।