२४ असार २०८३, बुधबार
,
Latest
सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ ।

नेपाली सेनाका रथी विष्णुकुमार खड्काले यसबारे जानकारी दिनुभएको हो । उहाँकाअनुसार नेपाली सेनाले नेपाली सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्महरुमा एक स्ट्याण्ड बाइ फौज आधारभुत उद्धार सामग्रीहरुसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेको बताउनु भयो ।

२७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्थामा राखिएको बताउनु भयो । उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एक—एक वटा हेलिकप्टर तैनाथ गरिएको जानकारी दिनुभयो । ज्येष्ठ अधिकृतहरुबाट समन्वय सरल बनाउन खबर संकलन, अन्य सुरक्षा निकायहरु, स्थानीय निकायहरुसँग समन्वय गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मौसम पूर्वानुमान गर्दा अत्याधिक वर्षा हुने भनेसँगै हामीले नेपाली सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्महरुमा एक स्ट्याण्ड बाइ फौज आधारभुत उद्धार सामग्रीहरुसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेका थियौँ । २७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्था थियो । हवाई साधनहरुको हकमा उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एउटा एउटा हेलिकप्टर अग्रिम तैनाथ गरेको अवस्था थियो । समन्वय आदिको लागि ज्येष्ठ अधिकृतहरुबाट खबर संकलन, अन्य सुरक्षा निकायहरु, स्थानीय निकायहरुसँग समन्वय गरेका छौँ । ’ 

उहाँले डुबान इलाकामा बस्ती स्थानान्तरण र सुरक्षित स्थानमा राख्ने काम संयुक्त प्रयासमा गरेको बताउनु भयो ।