२४ असार २०८३, बुधबार
,
Latest
खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोबाट विभिन्न राजमार्गमा यातायात अवरुद्ध



अ+ अ-

काठमाडौँ । बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसैगरी, ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका–१४ दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–५ ढिकुरेस्थित मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँगुरीगढी गाउँपालिका–१ स्थित कोशी लोकमार्ग, इलामको इलाम नगरपालिका–९ राजदुवालीलगायत मेची राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन् ।

यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल चीन मितेरी पुल, सोही गाउँपालिका–५ स्याप्रुबँेसीलगायतका चार स्थानमा पूर्णरुपमा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्ग, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

वर्षाका कारण आएको बाढीपहिरोबाट मकवानपुरको बकैया गाउँपालिका– ११ घट्टेखोलास्थित कान्ति लोकपथ, मकवानपुरकै भीमफेदी गाउँपालिका–८ स्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३ स्थित कुलेखानी दक्षिणकाली सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताउनुभयो ।

यसैगरी, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित बिपी राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।




भर्खरै