२४ असार २०८३, बुधबार
,
Latest
केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी… वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव कांग्रेसलाई कान्छारामको चाबी ! मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा वर्षाले धानबालीमा क्षति



अ+ अ-

भोजपुर । जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् ।

जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भउ पनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ ।

जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ । जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धानबालीमा क्षति पुर्‍याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रूपनारायण फुयाँलले बताउनुभयो । बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा बर्सातले क्षति पुर्‍याएको उहाँको भनाइ छ । “भारी बर्सातका कारण धानबालीमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ ।”