२४ असार २०८३, बुधबार
,
Latest
आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा वर्षाले धानबालीमा क्षति



अ+ अ-

भोजपुर । जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् ।

जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भउ पनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ ।

जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ । जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धानबालीमा क्षति पुर्‍याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रूपनारायण फुयाँलले बताउनुभयो । बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा बर्सातले क्षति पुर्‍याएको उहाँको भनाइ छ । “भारी बर्सातका कारण धानबालीमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ ।”




भर्खरै