२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुँगुर फार्ममा बाढी पस्दा ८० लाख रुपैयाँ बराबरको क्षति



अ+ अ-

धरान, (सुनसरी) । गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्ममा क्षति पुगेको छ । बाढीका कारण फार्ममा रहेका २०० भन्दाबढी सुँगुर बगाउँदा करिब रु ८० लाखभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताउनुभयो ।

मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले विसं २०७४ मा फार्म सञ्चालन गर्नुभएको हो । करिब चार बिघामा फैलिएको फार्मममा १६ जनाले रोजगारी पाइरहेका छन् ।

उहाँका अनुसार फार्ममा ३०० भन्दा बढी सुँगुर थिए । शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दाबढी सुँगुर बगाएको उहाँको भनाइ छ । फार्ममा अहिले करिब ७० वटा सुँगुर बचेका छन् । बच्चा सुँगुरमध्ये ४० भन्दाबढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुरहरू बाढीले बगाएर लगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारी वर्षापछि फार्ममा एक्कासी बाढी पस्यो, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हामफाल्न थाले, हामी फार्मको पारीपट्टी थियौँ, उनीहरुलाई बचाउन सकिएन, फार्मको ढोका र झाडीमा अल्झिएर बचेका केही सुँगुर मात्र अहिले बाँकी छन् ।” उहाँले कुखुरा फार्म खोलाभन्दा केही पर भएकाले जोगिएको बताउनुभयो । उक्त फार्ममा करिब ३० हजार कुखुरा छन् । रासस




भर्खरै