२४ असार २०८३, बुधबार
,
Latest
सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः  १४ किमी  कालोपत्र वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लियो



अ+ अ-

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारमा मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा रहेको गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएको छ ।

प्रदेश सभामुख रामचन्द्र मण्डलका प्रेस सल्लाहकार अवधेश कामतका अनुसार बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गत असोज ८ गते नेपाली कांग्रेसले समर्थन फिर्ता लिएसँगै सिंह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तर, मुख्यमन्त्री सिंहले तत्काल राजीनामा दिन अस्वीकार गर्दै २८ असोजमा विश्वासको मत लिने तयारी गरेको बताएका थिए ।

स्रोतका अनुसार मुख्यमन्त्री सिंहले एमाले नेतृत्वसँग राजीनामा दिने आश्वासन दिएका थिए, तर विश्वासको मतमार्फत सरकार टिकाउने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि २८ भदौमा जनमत पार्टीले पनि सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्तापछि सिंह सरकार औपचारिक रूपमा अल्पमतमा पुगेको छ ।