३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस्’



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलन घटनाको छानविन गर्न बनेको आयोग नमान्ने घोषणा गर्नुभएको छ ।

गुण्डुमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घटनाको छानविन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने बताउनुभएको हो । उहाँले आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? भन्दै प्रश्न् गर्नुभयो । सम्पती छानविनको कुरा उठिरहेको भन्दै अहिलेका सरकारका मन्त्रीहरुको सम्पती छानविन गर्न मान्ने हो ? भन्दै प्रश्न गर्नुभयो । नेकपा एमालेलाई यस्ता नक्कली आयोग मञ्जुर नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्पती छानविन गर्ने रे, एक पटक होइन १० पटक गर सम्पती छानविन । म सोध्न चाहन्छु मन्त्रीज्युहरु तपाईंहरको सम्पती छानविन गरौँ ? आँट गर्नुहुन्छ, आफ्नै सम्पती छानविन गराउने ? अब यस्तै अहिले बनाए जस्तै आयोग बनाउन पाउनुभयो भने गराउनु होला । पहिला नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरुको आयोग बनाएर गज्जवको ड्रामा गर्नुहुन्छ । पहिला नै केपी ओली समाउनुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानविन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्यौँ भन्ने नाटक गर्ने यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन । स्वीकार्य छैन । मैले मसिनो भाषामा भनेको छु यो स्वीकार्य छैन भनेर । तर बुझ्नुस् तपाईंहरुले नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन । किनपनि मञ्जुर छैन भने गम्भीर प्रश्नहरु उहाँहरुका अभिव्यक्तिहरु, आयोगमा राखिनु भन्दा अगाडि, आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि सप्रमाण देखिसकेपछि उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? उहाँहरुले हामी निष्पक्ष छौँ भन्न सक्नुभएको छैन । लुसुलुसु अघि बढ्नुभएको छ, बढ्नुस् । तपाईंहरुको प्रतिवेदन लेख्नुस् । बुझाउनुस्, फैसला गर्नुस् । एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन । मान्दैनौँ हामी, गर्नुस्, केके गर्नुहुन्छ ?’

अध्यक्ष ओलीले तत्कालको तत्काल कोही मानिस विरोधीबाट निष्पक्ष हुनसक्छ ? भन्दै प्रश्न गर्नुभयो ।