३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न काँग्रेसको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले तोडफोड, आगजनी र लुटपातमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा नेताहरुले धारणा राखेको बताउनु भयो । उहाँले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति समेत जनाउनुभयो । उहाँका अनुसार बैठक पार्टीको अधिवेशनको विषयमा केन्द्रित थियो । बैठकमा नेताहरुबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेका कारण ठोस निष्कर्षमा नपुगेको महतको भनाइ छ । बैठकमा केही नेताहरु बोल्न बाँकी रहेकाले फेरी भोलि छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पार्टीलाई समेत एउटा चुनौती खडा गरेको छ । योबाट कसरी अघि बढ्ने र सकारात्मक परिस्थिति निर्माण गर्ने ? लोकतान्त्रिक मूल्यमान्यतामा हामी प्रतिबद्ध छौं त्यसलाई कसरी जोगाउने र देशलाई पनि कसरी कमजोर हुनबाट जोगाउने भन्ने विषयमा साथिहरुले आफ्नो कुरा राख्नुभयो । पार्टीलाई कसरी अगाडि बढाउने र २६ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा समान सोच लिएर जाने जाने छलफल भएको छ । त्यो बैठकमा मिान विचार लिएर जान्छौं । अहिले नेताहरुको धारणा केमा रहेको छ भने महाधिवेशन निर्धारित समयमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ । तर कतिपय नेताहरुको दृष्टिकोाण चाँही मंसिरभित्रै सबै विधि प्रक्रिया पुरा गरेर गर्न सक्छौं कि सक्दैनौं ? त्यसको लागि थप समय पनि चाहिन्छ कि भन्ने कुरा पनि आएको छ ।’

जेन–जी आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले यही असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।