१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा विपिन जोशी परेनन्



अ+ अ-

काठमाडौँ । इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि हमास लडाकुहरूले मुक्त गर्न लागेको २० जना युद्धबन्दीको नामावली सार्वजनिक गरेका छन् । तर उक्त सूचीमा नेपालका विद्यार्थी विपिन जोशीको नाम भने छैन ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले सोमबारभित्र छाडिने भनिएका २० जना सबै इजरायली नागरिक भएको जानकारी दिएका छन् । उनले भने, “मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम छैन । अहिले पनि उनको अवस्थाबारे ठोस जानकारी प्राप्त भएको छैन ।”

अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखिको युद्ध अन्त्य गर्दै बिहीबार युद्धविराम सहमति भएको हो । सहमतिको पहिलो चरणमा हमासले आफ्नो कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने उल्लेख छ ।

कञ्चनपुरका विद्यार्थी विपिन जोशी गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनेका थिए । सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

विपिन सन् २०२३ नोभेम्बर १७ मा गाजास्थित अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन । बुधबार सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियो पनि त्यतिबेलैको पुरानो भएको राजदूत पण्डितले बताएका छन् ।

उनका अनुसार इजरायली अधिकारीहरूसँग लगातार सम्पर्कमा रहेर विपिनको अवस्था बुझ्ने प्रयास भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि विपिनको अवस्थाबारे बुझ्ने प्रयास जारी रहेको जनाएका छन् । मन्त्रालय स्रोतका अनुसार इजरायली पक्षबाट विपिनको ‘जुनसुकै अवस्था’को सूचना आउन सक्ने बताइएको छ ।