१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइजिपीको सचिवालयले भन्योः ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेको कुरा झुटो



अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिएको भनी सञ्चारमाध्यममा आएको समाचार असत्य भएको प्रष्ट पारेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रहरी प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले आईजीपी खापुङले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “प्रहरी महानिरीक्षकज्यूले कहीँकतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ।”

सोमबार राति गृह मन्त्रालय र बालुवाटारस्थित प्रधानमन्त्री निवासमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी दर्ता गर्ने वा नगर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा दुवै व्यक्तिलाई राति नै पक्राउ गर्ने प्रस्ताव पनि उठेको बताइएको छ, तर सुरक्षा चुनौती बढ्ने निष्कर्ष निकालिएको थियो ।