२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर र काठमाडौँ प्रहरीमा बालेन र सुधनविरुद्ध नेविसंघको उजुरी



अ+ अ-

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेन–जि आन्दोलन’का क्रममा घुसपैठ गराई निजी तथा राष्ट्रिय सम्पत्ति तोडफोड र आगजनी गराएको आरोप लगाउँदै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र आन्दोलनका अगुवा सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेको छ ।

नेविसंघले दर्ता गरेको जाहेरीमा बालेन र हामी नेपालका संस्थापक गुरुङले भिड उतारी राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको, र विद्यार्थीहरूलाई विद्यालय पोसाकमै सडकमा आन्दोलनमा उत्रिन उक्साएको आरोप उल्लेख गरिएको छ ।

संघका अनुसार बालेन र सुधनले नियोजित रूपमा आन्दोलनमा घुसपैठ गराएर सार्वजनिक सम्पत्तिलाई क्षति पुर्याएका थिए । उक्त घटनामा संलग्नहरूको अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै संघले जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरमा छुट्टाछुट्टै जाहेरी दर्ता गरेको जनाएको छ ।

यसअघि नेकपा एमाले निकट अनेरास्ववियुले पनि सोही मुद्दामा मेयर बालेन र सुधन गुरुङविरुद्ध जाहेरी दर्ता गराइसकेको थियो ।

जेन–जि आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ओली र लेखकलाई पक्राउको दबाब दिइरहेका बेला उल्टै बालेन र सुधनविरुद्ध पनि उजुरी पर्न थालेका छन् ।

बालेन र सुधन दुवैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि आन्दोलनमार्फत् कारबाहीको दबाब बढाइरहेका थिए ।