२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै परियोजना वा कोषका लागि चन्दा उठाउने कार्यक्रम छैन : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयतर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग संकलन गर्न कसैलाई अनुमति नदिइएको स्पष्ट पारेको छ ।

हालै विभिन्न जिल्ला तथा क्षेत्रहरूमा केही व्यक्ति वा समूहले प्रधानमन्त्रीको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग रकम वा आर्थिक दान माग, सङ्कलन गरिरहेको भन्ने जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा उक्त कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको स्पष्ट पारेको हो ।

यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न पनि कार्यालयले आग्रह गरेको छ ।

‘यस कार्यालय र सम्माननीय प्रधानमन्त्रीज्यूको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासनरप्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, नेपालबाहिर बसी कसैले त्यस्तो अनाधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराइदिनु हुनसमेत अनुरोध छ ।’