२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो महोत्सवमा सहभागी हुन एनएफपिजेका अध्यक्षको नेतृत्वमा तीन प्रतिनिधि चीन प्रस्थान



अ+ अ-

काठमाडौं; राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चीनको सान्तोङ प्रान्ततर्फ प्रस्थान गरेका छन् । “अवसर चीन, ऊर्जाशील सान्तोङ” (Opportunity China, Vitality Shandong) अन्तर्राष्ट्रिय फोटो महोत्सवमा सहभागी हुन अध्यक्ष वन्तको टोलीमा समूहका केन्द्रीय सदस्य अनुप प्रधान र रामेछाप जिल्ला अध्यक्ष मिलन बिक आज बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म हुने उक्त अन्तर्राष्ट्रिय फोटो महोत्सवमा विभिन्न एशियाली मुलुकका १००भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरको अनुभव आदानप्रदान गरिने कार्यक्रम रहेको छ ।

उक्त महोत्सव यसलाई सान्तोङ रेडियो तथा टेलिभिजन स्टेशन, सान्तोङ अन्तर्राष्ट्रिय सञ्चार केन्द्र, शानदों कला तथा डिजाइन विश्वविद्यालय, र चाइना इष्टर्न इन्टरनेशनल फोटोग्राफी आर्ट एसोसिएसनले सहआयोजना गरेका छन्।

महोत्सवको क्रममा सहभागीहरूलाई सान्तोङका विभिन्न क्षेत्रहरूको भ्रमण गराई त्यहाँको प्रकृति, संस्कृति र विकासका पक्षहरू क्यामेरामा कैद गर्ने अवसर प्रदान गरिनेछ।

अध्यक्ष वन्तले यस्तो अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताले नेपाली फोटो पत्रकारिता र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।