१६ असार २०८३, मंगलवार
,
Latest
लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तथा स्वदेशी फूलमाला विक्री वितरणका लागि बुटवलका ११ स्थान तय



अ+ अ-

काठमाडौँ । नेपालीहरूको महान पर्व शुभ दीपावली तथा छठलाई मध्यनजर गरी बुटवल उपमहानगरपालिकाका विभिन्न ११ स्थानबाट फूल तथा मालाको विक्रीवितरण हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा सम्पन्न बुटवलका फूल उत्पादक कृषकसँगको छलफलमा बुटवलमा उत्पादित फ्रूल तथा मालाहरू नगरका ११ स्थानबाट विक्रीवितरण गर्ने व्यवस्था मिलाइएको हो ।

बुटवल उपमहानगरपालिकाका कृषि अधिकृत सन्तोष जिसीले प्लाष्टिकजन्य फूल तथा मालाको प्रयोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै वातावरण प्रदुषण हुने भएकोले बुटवल उपमहानगरपालिका क्षेत्रभित्र यसको प्रयोगलाई निरूत्साहित गरी स्थानीय फूल तथा मालाको प्रयोग बढाउने उदेश्यले स्थानहरु तोकेको बताउनु भयो ।

दीपावली तथा छठ पर्वमा बुटवलमा करिव ५०/६० हजार मालाको माग रहेको र हाल बुटवलमा उत्पादित फुलबाट उनेका करिव ११ हजार माला मौजाद रहेको कृषि अधिकृत जिसीले जानकारी दिनुभयो । बुटवलको ट्राफिक चोकको दुवैतर्फ,वीपी चोक,अस्पताललाईन,तीनकुने,सुख्खानगर,राजमार्ग चौराह,होराइजन चोक,देवीनगर चौपारी,गोलपार्क,बेलवासलगायतका ठाउँ तोकिएको छ ।

स्थानीय एवं स्वदेशी फूल माला विक्रीका लागि स्थान तोकिएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनु भयो । यसले बुटवल उपमहानगरपालिका क्षेत्रमा फूल तथा माला उत्पादक तथा व्यवसायीलाई बल पुग्नुका साथै उत्साह बढ्ने नगर प्रमुख पाण्डेयको विश्वास छ । बुटवल उपमहानगरपालिका वडा नं ११—१५—१६ र १७ को करिव दुई बिघा क्षेत्रफल जग्गामा व्यवसायीक रूपमा फूल खेती हुने गरेको छ ।