२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुलेगौडास्थित एक घरमा आगलागी



अ+ अ-

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ ।

स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले विद्युत् चुहावट भएर आगलागी भएको अनुमान रहेको र क्षतिको विवरण आउन बाँकी रहेको बताउनुभयो । उक्त घरमा फेन्सी पसल र सिलाइ पसल सञ्चालनमा थियो । रासस