२३ असार २०८३, मंगलवार
,
Latest
सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन



अ+ अ-

सुर्खेत। मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ ।

चिसोका कारण विद्यालय बन्द गर्नुपर्ने भएकाले कात्तिक १५ सम्ममा सबै परीक्षा सम्पन्न गरी बिदा दिने गरिएकाले तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका शिक्षा समितिका संयोजक पेमा वाङछेन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्रका सबै विद्यालयले कात्तिकको पहिलो हप्तादेखि परीक्षा सञ्चालन गरेर १५ गतेसम्ममा पूरा गर्न दिइएको निर्देशनअनुसार परीक्षा भएको हो ।

कात्तिकदेखि चिसो बढ्ने र हिमपात हुने भएकाले १५ गतेभित्र परीक्षा सकाएर विद्यालय बन्द गरिन्छ । सोही कारणले चाडपर्वमा पनि परीक्षा गराएको शे–फोक्सुण्डो–७ स्थित टसी सम्भो आधारभूत विद्यालयका शिक्षक नवीन शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक हामीले पर्व विद्यार्थीसँग मनाएका छौँ । शे–फोक्सुण्डो गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षकले पालिकाको निर्देशनअनुसार काम गनुभएको छ ।”

शिक्षा समितिका संयोजक गुरुङका अनुसार यहाँ माध्यमिक विद्यालय एक, आधारभूत नौ र  तीन बालविकास कक्षा (इसिडी) सञ्चालनमा छन् । सबै विद्यालयमा वार्षिक परीक्षा एकैसाथ सञ्चालन भइरहेको जनाउँदै उहाँले डोल्पामा दुईवटा शैक्षिकसत्र सुरु हुने बताउनुभयो । रासस




भर्खरै