२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणपतिलालले मन्त्री बन्न अस्वीकार गरेको हो कि नबनाइएको हो ?



अ+ अ-

काठमाडौं । सम्पदा संरक्षणको क्षेत्रमा काम गर्दै आएका गणपतिलाल श्रेष्ठले मन्त्री बन्न अस्वीकार गरेको हो कि नबनाइएको हो भन्ने चर्चा चलिरहेको छ । तर स्वयम् श्रेष्ठले भने प्रधानमन्त्री सुशीला कार्कीले पर्यटनमन्त्री बनाउन दिएको वचन फेरेपछि आफू मन्त्री बन्न अनिच्छुक रहेको स्पष्टोक्ति दिएका छन् ।

श्रेष्ठले हिजो साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले ८ गते शनिबार बालुवाटारमा बोलाएर पर्यटनमन्त्री बनिदिन आग्रह गरेको तर भोलिपल्ट अर्कैलाई वचन दिइसकेको बताएपछि आफू मन्त्री बन्न अस्वीकार गरेको बताएका हुन् ।

‘हिजो शनिबार प्रधानमन्त्री ज्यूले बालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका लागि सक्षम व्यक्ति भएकाले भोलि शपथको तयारी गर्नुस् भन्नुभयो,’ उनले भनेका छन्, ‘तर भोलिपल्ट विहान एकाएक आफूट भूमिसुधार मन्त्रीमा नियुक्त हुन लागेको खबर पाउँदा प्रधानमन्त्रीसँग प्रश्न सोध्दा अर्कैलाई वचन दिइसकेको जवाफ दिनुभयो । मेरो प्रश्नको खास जवाफ नआएपछि आफू अरू भूमिमन्त्री बन्न अनिच्छुक रहेको पुन: प्रष्ट परेक थिएँ ।’

उनले आफू निजी हितका लागि मन्त्री बन्न नगएको भन्दै जुन मन्त्रालय दिए बसीहाल्नेखालको व्यक्ति नभएको बताएका छन् । ‘हिजो अभियानहरू निजी हितका लागि गरेको होइन भने आज मन्त्री बन्न पनि निजी हितका लागि गएको होइन । नैतिकता र स्वाभिमान नै मेरो लागि मन्त्रीपदभन्दा महत्वपूर्ण लागेको छ,’ उनले भनेका छन् ।

उनले जारी गरेको विज्ञप्ति हेर्नुहोस्-