२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको एकता पहलः अध्यक्ष लिङ्देनसँग सकारात्मक छलफल



अ+ अ-

काठमाडौं । समान विचार भएका राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्य र एकता गर्ने उद्देश्यले राप्रपा नेपालले गरेको पहल अघि बढेको छ ।

वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीको संयोजकत्वमा गठन गरिएको राप्रपा नेपालको वार्ता समितिले आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव राखेको छ ।

दुवै पक्षबीच भएको छलफल सकारात्मक रहेको समितिका संयोजक पराजुलीले जानकारी दिएका छन् ।

उनका अनुसार, राष्ट्रियता, हिन्दुराष्ट्र, राजसंस्था र सुशासनका साझा एजेन्डामा आधारित भएर एकता र सहकार्यका सम्भावनाहरूबारे विस्तृत चर्चा भएको छ ।

छलफललाई आगामी दिनमा थप गहिरो बनाउँदै एकता प्रक्रियालाई संस्थागत ढंगले अघि बढाउने सहमति भएको पनि बताइएको छ ।