२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहारः एमाले उपाध्यक्ष पौडेल



अ+ अ-

रुपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेन–जी ओन्दलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गर्ने काम भएको टिप्पणी गर्नुभएको छ ।

मंगलवार रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन जेन–जी पुस्ताले आन्दोलन गरेको भएपनि आन्दोलनको दुरुपयोग गरी सरकारविरुद्ध संगठित रुपमा प्रहार गर्ने काम भएको टिप्पणी गर्नुभयो । मुलुकलाई देशव्यापी रुपमा आक्रमण गरेर सरकार अपदस्थ गर्ने केही शक्ति समूहको योजना रहेको कुरा अन्ततः पुष्टि भएको उहाँको भनाइ छ । उहाँले जेन–जी आन्दोलन सफल भइसकेपछि घुसपैठ गर्ने शक्तिहरुको कारण नयाँ बानेश्वर क्षेत्रमा गोली चलाउनुपर्ने स्थिति सिर्जना गरिएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘किशोर किशोरीहरुले भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटोस् भनेर सामाजिक सञ्जालमा उत्रिएका थिए । जसरी उनीहरु सोसियल मिडियामाथिको नियन्त्रण खोल्नुपर्ने माग राखेर उनीहरु सडकमा उत्रिएका थिए उनीहरुको उक्त आन्दोलनको दुरुपयोग गरेर सरकारका विरुद्धमा संगठित रुपमा प्रहार गर्ने, एकसाथ देशव्यापी रुपमा आक्रमण गर्ने र सरकार अपदस्थ गर्ने खालको योजना रहेछ भन्ने कुरा पुष्टि भयो ।

माइतीघर मण्डलादेखि बानेश्वरका लागि प्रस्थान गरेको जुलुसका सन्दर्भमा जेनजी भाईहरुले हाम्रो आन्दोलन सफल भयो हामी फर्किउँ भनेका थिए । तर त्यहाँ अर्कै स्थिति सिर्जना गरेर कल्पना गरिएकोभन्दा बाहिरका घटना हुने अवस्था आयो । त्यसलाई सरकारले गम्भीर रुपमा लिएको थियो । तर योजनावद्ध ढंगले देशभर एकसाथ प्रहार गर्ने काम भएको छ । यो अन्दोलन व्यवस्था र संविधानका विरुद्धको षड्यन्त्र थियो ।’

उहाँले अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको आरोप पनि लगाउनु भयो । सरकारले निर्वाचनको तयारी नगरेर राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको पौडेलको आरोप छ ।