२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित आर्सनलः चार खेलमा ११ गोल गर्दा एक गोल पनि खाएन



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उत्कृष्ट लयमा रहँदै शिर्षस्थानमा रहेको आर्सनल च्याम्पियन्स लिगमा पनि निकै लयमा रहेको छ ।

टोलिले गएराति चेक रिपब्लिकन क्लब एसके स्लाभिया प्रागलाई उसकै मैदानमा ३–० गोलले हरायो । आर्सनलको जितमा मिकेल मेरिनोले दुई तथा बुकायो साकाले एक गोल गरे । ३२ औं मिनेटमा साकाले पेनाल्टीमार्फत गोल गर्दै टोलिलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ४६ औं र ६८ औं मिनेटमा मेरिनोले गोल थपे ।

आर्सनलको यो लगातार चौंथो जित हो भने अचम्मको कुरा टोलिले अहिलेसम्म एक गोल पनि खाएको छैन । यसमानेमा आर्सनलले कीर्तिमान नै राख्यो । च्याम्पियन्स लिगमा लगातार चार खेलमा क्लिनसिट राख्दै आर्सनलले कीर्तिमान राखेको हो ।

आर्सनलले पहिलो खेलमा एथ्लेटिक विल्बाओलाई २–० ले हराएको थियो । यस्तै, दोस्रो खेलमा ओलिम्पियाकसलाई पनि २–० ले हराउँदा तेस्रो खेलमा एट्लेटिको मड्रिडलाई ४–० ले हरायो ।

योसँगै आर्सनल ४ खेलबाट १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।