२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयले के गर्दैछौं भन्न मिल्दैन तर शुद्ध चित्तले कर्म गरिरहेको छु: गृहमन्त्री अर्याल



फाइल फोटो
अ+ अ-

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्ने बताउनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै गृहमन्त्री अर्यालले शुद्ध चित्तले कर्म गर्नेबाहेक आफूसँग अर्को विकल्प नरहेको प्रष्ट पार्नुभएको छ ।

उहाँले लेख्नुभएको छ –

गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।