२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय खेलबाट शरद भेषवाकरको सन्यास घोषणा



अ+ अ-

काठमाडौँ । नेपाली टोलीका सदस्य शरद भेषवाकरले अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् ।

हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताका लागि कप्तानका रुपमा हङकङ पुगेका भेषवाकरले सोही प्रतियोगिताबाट सन्यास लिने यसअघि नै जानकारी दिएका थिए । विभिन्न १२ टोली सहभागी प्रतियोगितामा नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो । त्यसबाहेक सबै खेलमा नेपाल पराजित भयो । नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र आज युएईसँग पराजित भयो ।

भेषवाकरले दुई दशकभन्दा लामो समय नेपालका लागि अन्तरराष्ट्रिय क्रिकेट खेलमा उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्यको रुपमा क्रिकेट खेलेका थिए । उनले सन् २००४ मा युएई विरुद्धको खेलबाट नै सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । त्यसअघि उनले सन् २००२ मा नेपाली यु–१५ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

नेपालले पहिलो पटक सन् सन् २०१४ मा विश्वकप क्रिकेट खेल्दा उनी महत्वपूर्ण सदस्य रहेका थिए । त्यस्तै सन् २०१८मा नेपालले एकदिवसीय मान्यता पाउँदा पनि उनी टोलीमा थिए ।




भर्खरै