१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी बस्तीमा पुगे दुर्गा प्रसाईं, बालेनविरुद्ध लड्न सहयोग गर्ने घोषणा



अ+ अ-

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन्। उनले त्यहाँ भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने घोषणा गरेका छन्।

बस्ती खाली गर्न महानगरले दिएको एक साताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिएका हुन्। उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सबैलाई साथ दिन आह्वान गरे।

प्रसाईंले सुकुम्बासीहरूलाई लछारपछार गर्नेहरूको घरपरिवारलाई पनि त्यस्तै गर्ने चेतावनी दिए। उनका अनुसार, “अब दल र बालेन दुबैलाई ठेगान लगाउने समय आएको छ।”

त्यसक्रममा उनले मेयर बालेन शाह र भिक्टर पौडेलमाथि बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ लिएको आरोपसमेत लगाए।

राजनीतिक दलहरूले सुकुम्बासी समुदायलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै प्रसाईंले भने, “म भोट माग्दिनँ, सबैलाई पक्की घर दिलाउन सहयोग गर्छु।”

महानगरको अल्टिमेटम सकिनु पूर्व प्रसाईं सुकुम्बासीको पक्षमा उभिएका कारण उनको यो कदम मेयर बालेन शाहविरुद्धको राजनीतिक मोर्चाबन्दीका रूपमा हेरिएको छ।