७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान नपढी मन्त्री बन्न गएको होइनः कानूनमन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गर्नुभएको छ ।

नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताउनु भयो । कार्यक्रममा सहभागी एमाले नेता अग्नी खरेलले पुर्वन्यायधीश र प्रधानन्याशीश प्रधानमन्त्री र मन्त्री बन्नु असंवैधानिक बताएपनि मन्त्री सिन्हाले यस्तो जवाफ दिनुभएको हो । उहाँले मन्त्री बन्ने दिन पनि एक घण्टा आफूले संविधान पढेको बताउनु भयो ।

उहाँले मतदान गर्ने अधिकार दिएपछि संविधानले आफूहरुलाई उम्मेद्वार बन्न पाउने अधिकार पनि दिएको बताउनु भयो । उहाँले आफूहरु अफ्ठ्यारो अवस्थामा मात्रै सरकार चलाउन आएको बताउनु भयो । उहाँले आफुलाई आगामी दिनमा चुनाव लड्ने, मन्त्री बन्ने ईच्छा पनि नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘असंवैधानिक किन रे ! भन्दाखेरी त्यो चाँही नी सरकारी पदमा बस्नको निम्ति न्यायधीशलाई बन्देज लगाएको भनेर भन्नुभयो । म सरकार पद हो की होईन यसो हेरे, मैले संविधान पल्टाएर हेरे । नपढीकन चाहीँ गएको होईन होला म त्यो दिन त्यहाँ । एक घण्टा पढ्ने मौका पाएको थिए । अरु बेला त पढे, त्यो धारा चाँही त्यो बेला पढे । मैले देखे मलाई भोट खसाल्ने अधिकारबाट उहाँहरुले बञ्चित गर्नु भएन, भोट खसाल्ने अधिकार दिएपछि मैले जसलाई भोट खसाल्छु, उसको ठाउँमा गएर म भोट माग्ने अधिकार, स्वतन्त्र होस् या पार्टी समातेर होस्, म उम्मेद्वार बन्ने मेरो अधिकार छ कि छैन ? मसंग अधिकार छ ।’ 

मन्त्री सिन्हाले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको पनि दाबी गर्नुभयो । सरकारले हरेक राजनितिक दलका जिम्मेवार नेताहरुसँग निर्वाचनको सन्दर्भमा छलफल गरिरहेको पनि जानकारी दिनुभयो । राजनितिक दलहरु निर्वाचनबाट पछाडी नफर्कने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।