२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ



अ+ अ-

काठमाडौँ ।  जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताउनुभएको छ ।

बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताउनुभएको हो । उहाँले आफ्ना मागहरु पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाईतेका मागहरु पूरा हुनुपर्ने बताउनु भयो । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेन जी आन्दोलनले न्याय पाउनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ । हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन ।’

उहाँले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाउनु भयो । हरेक नेपालीहरु देश बनाउन आउनुपर्ने बताउनु भयो ।