२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी



अ+ अ-

काठमाडौँ। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक हिर्काएका छन् ।

उनले विराटनगर किङ्सविरूद्ध ३ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै भुर्तेल अर्धशतक हिर्काउने छैटौँ खेलाडीसमेत बनेका छन् । भुर्तेल ३१ बलमा ५९ रनमा आउट भए ।

यसअघि यही पहिलो इनिङमा विराटनगरका  लोकेश बम र मार्टिन गुप्टिल अर्धशतक प्रहार गरेका थिए । लोकेश अर्धशतक हिर्काउने पाँचौँ र मार्टिन चौथो खेलाडी बनेका थिए । जारी प्रतियोगितामा तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रवी बोपरा छन् ।

चितवन राइनोजका अलराउण्डरसमेत रहेका  रवीले आज भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा  अर्धशतक प्रहार गरेका हुन् ।

यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । पहिलो अर्धशतक भने जनकपुर  बोल्ट्सका  ब्याट्सम्यान आशिफ शेखको नाममा छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ । रासस