२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लिबाट नेपाल प्रिमियर लिगसँग साझेदारीको घोषणा



अ+ अ-

काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक, आगामी सिजनका लागि नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बन्ने गरी विशेष साझेदारीको घोषणा गर्दछ। सम्झौता टीयू क्रिकेट मैदानमा श्री अंकुर खनाल, कार्यकारी निर्देशक, श्री प्रियदर्शी राय, महाप्रबन्धक, एम.ए.डब्ल्यु इन्टरप्राइजेज प्रा. लि., तथा श्री पारस खड्का, सचिव, नेपाल क्रिकेट संघ (CAN) बीच हस्ताक्षर गरिएको हो।

यस साझेदारीले प्रदर्शनका दुई शक्तिशाली क्षेत्र — क्रिकेट र इञ्जिन ल्युब्रिकेसन — लाई एकसाथ ल्याएको छ। क्रिकेट निरन्तरता, धैर्य, शक्ति र सन्तुलनमा आधारित खेल हो, जुन एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन “Power to Perform” सँग उत्तिकै मेल खान्छ।

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपालको बढ्दो क्रिकेट विकासयात्रालाई समर्थन गर्न पाएकोमा खुशी व्यक्त गरेको छ। NPL ले उदाउँदो प्रतिभालाई राष्ट्रिय स्तरमा देखाउने र देशभरका दर्शकलाई आकर्षित गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्छ। नेपालमा उच्च–गुणस्तरीय ल्युब्रिकेसन समाधानका लागि विश्वसनीय साझेदारका रूपमा, एचपी ल्युब्रिकेन्ट्सले खेलाडी तथा उपभोक्ता दुवैमा जोस, प्रदर्शन र प्रेरणा जगाउने लक्ष्य राख्दछ।

“यो साझेदारी अनुशासन, उत्कृष्टता र निरन्तर उच्च प्रदर्शन गर्ने हाम्रो साझा मूल्यहरूको प्रतिविम्ब हो,” एम.ए.डब्ल्युका प्रतिनिधिहरूले कार्यक्रममा भने। “जसरी एचपी ल्युब्रिकेन्ट्स इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी हामी मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिँदै खेलने खेलाडीहरूलाई समर्थन गर्न गर्व गर्छौं।”