२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए



अ+ अ-

काठमाडौँ: आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्याण्डबाट स्वदेश फर्काइएको छ ।

विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा विभिन्न ‘अनलाईन डेटिङ’, ‘अनलाईन क्यासिनो’, ‘गेमिङ’ तथा ‘फिसिङ’, ‘क्रिप्टो’ ठगीलगायतका काममा लगाइएका र स्क्यामिङ केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा परेपछि भागेर थाइल्याण्ड प्रवेश गरेका उनीहरुलाई स्वदेश फर्काइएको हो ।

नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा उद्धार गरी आज नेपाल एयरलाइन्सको उडान नं आरए–४०२मार्फत नेपाल फर्काएको हो । म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका दुई जना तथा कम्बोडियामा रहेका चार जना नेपालीलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ ।रासस