२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्नुपर्ने पूर्वतयारी : सन्दर्भ कोरोना संक्रमण



अ+ अ-
  • १. कोरोना संक्रमण भित्रिने ठाउँ त्रिभुवन विमानस्थल हो । त्यहाँ सुबिधा सम्पन्न प्रयोगशाला तथा प्रहरी अस्पतालको जनशक्ति राख्नु पर्दछ । कोरोना संक्रमण अधिक देखिएका देशबाट आउने जो कोहीलाई पनि क्वारेन्टाइनमा राख्नु पर्दछ । यो ऐच्छिक होइन, बाध्यतात्मक ब्यबस्था हुनुपर्छ ।
  • २. टेकु अस्पतालबाट बिरामी भाग्ने समस्या छ । त्यसको लागि अस्पतालहरुमा सुरक्षाकर्मी राख्नु आवश्यक छ । टेकु अस्पतालको क्षमता थोरै भएको हुँदा प्रहरी अस्पताललाई केन्द्र बनाउँदा बिरामी भाग्ने जस्ता समस्या हुँदैनन् ।
  • ३. सरकारले मास्क, ह्याण्ड स्यानिटाइजर्, ग्लोभ,स्प्रे, अत्यावश्यक औषधि १ बर्षको लागि स्टक राख्ने व्यवस्था तुरुन्त मिलाउनुपर्छ ।
  • ४. ग्यास, चामल, दाल, तेल, नुन, पानीजस्ता दैनिक उपभोग्य सामग्री १ बर्षको लागि स्टक राख्ने व्यवस्था मिलाउनु पर्छ । दैनिक उपभोग्य सामानको निर्यात बन्द गर्ने तथा आयात बढाउन तुरुन्त पहलकदमी गर्नुपर्छ ।
  • ५. कालोबजारी तथा कृत्रिम अभाव गर्नेलाई फौजदारी अभियोग लगाउनु पर्दछ । सरकारले निरन्तर बजार अनुगमन गर्नुपर्दछ ।
  • ६. स्कुल, कलेज, सिनेमा हल, रंगशाला, नाइट क्लब आदि तुरुन्त बन्द गरेमा एकातर्फ रोग सर्ने सम्भावना कम हुन्छ ।
  • ७. सहरमा घनत्व घटाउनको लागि गाउँ फर्किने वातावरण सिर्जना गर्नु पर्दछ । काठमाडौबाट २० लाख व्यक्ति गाउँ जाने हो भने उपभोग्य सामग्रीको अभाव, भिडभाड कम हुन्छ । गाउँ जानेलाई रोग सर्ने सम्भावना निकै कम हुन्छ । १-२ महिना गाउँ बस्दा अर्थतन्त्र चलायमान पनि हुन्छ ।
  • ८. नेपालमा संक्रमण फैलिएमा नाकाबन्दी हुनसक्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ । यसको लागि भारतसंग कुटनैतिक च्यानल प्रभावकारी हुनुपर्दछ ।
  • ९. रोग फैलिएमा अराजकता नहोस भन्नको लागि सरकारले आपूर्ति ब्यबस्थाको साथै सुरक्षा ब्यबस्था स्ट्याण्ड बाइ राख्नु पर्दछ ।
  • १०. नचाहिने हल्ला चलाउने, समाजलाई अस्थिर बनाउने जो कोहिलाई पनि नियन्त्रणमा लिनुपर्दछ ।
  • ११. १० हजार सुरक्षाकर्मी परिचालन गरेर बस्तीभन्दा टाढा हजारौं राख्न मिल्ने क्वारेन्टाइन सेन्टर, आइसोलेसन सेन्टर निर्माण गर्नुपर्दछ ।
  • १२. अस्पतालको क्षमता, दायरा बढाउनुपर्दछ । आइसीयु, भेन्टिलेटर बढाउनुपर्दछ तथा अन्य स्वास्थ्यकर्मीलाई सुरक्षात्मक गाउनको व्यवस्था गर्नुपर्छ ।
  • १३. प्रधानमन्त्री, मन्त्री तथा सम्बन्धित निकायबाट जनतालाई आश्वस्त पार्ने काम निरन्तर गर्नुपर्दछ । सरकारले गरेको ब्यबस्थाले जनता विश्वस्त हुने वातावरण सिर्जना गर्नुपर्दछ ।
  • १४. कोरोना संक्रमण फैलिएको स्थानमा जाने टोली ९ चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी आदि ० स्ट्याण्ड बाइ राख्नुपर्दछ ।
  • १५. संचार माध्यमलाई सहजकर्ताको भूमिकाको लागि अभिप्रेरित गर्नुपर्दछ । अफबाह फैलाउने संचार माध्यम तथा सामाजिक संजाललाई नियमन गर्नुपर्दछ । जनचेतना निरन्तर प्रदान गर्नुपर्दछ ।

डा. रवीन्द्र पाण्डे