२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली



अ+ अ-

काठमाडौं। भ्याली पब्लिकले सेनेका यु–१९ गल्र्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बनेको हो । भ्याली पब्लिकले सबै १२ खेल जित्यो ।

भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ अंक जोडिन् । लोरिशा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।

सेनेका एडुकेसन कन्सल्टेन्सी प्रा.लि. द्वारा आयोजित प्रतियोगितामा भ्याली पब्लिक र साइपालसहित ६ टिम सहभागी थिए । अन्य सहभागीमा गोल्डेनगेट इन्टरनेसनल कलेज, बलर्स एकेडेमी, नितेन मेमोरिय स्कुल (निम्स) र चेल्सी इन्टरनेसनल कलेज रहेका छन् ।

विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतान, सेनेकाकी उमा खड्का पाठक, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लिग भदौ २२ गतेदेखि सुरु भएको थियो । लिगका खेलहरु साइपालमा पनि भएको थियो ।